coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेङ्गे र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै, सत्तरी विरामी

खजुरा (बाँके)– नेपालगञ्जमा डेङ्गे र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ७० जनाभन्दा बढी स्क्रब्स टाइफस र डेङ्गेका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।

नेपालगञ्ज शिक्षण अस्पतालमा सबैभन्दा बढी डेङ्गे र स्क्रब्स टाइफस रोगका बिरामी आएका हुन्। अस्पतालका निर्देशक डा. एम किदवाईका अनुसार हालसम्म अस्पतालमा पुगेका बिरामीमध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र आठ जनामा डेङ्गे भेटिएको छ ।

तीमध्ये अधिकांशलाई उपचार गरेर घर पठाइसकिएको, केहीलाई भारतको लखनउ र काठमाडौँ पठाउन सिफारिस गरिएको तथा अझैं केहीको उपचार भइरहेको निर्देशक डा. किदवाईले जानकारी दिए।

डेङ्गे र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीमध्ये अधिकांश बर्दिया जिल्लाबाट आएका छन् भने बाँकी कैलाली, सुर्खेत, दाङ, रुकुम, सल्यान र बाँकेका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भेरी अञ्चल अस्पतालमा पनि डेङ्गेका दुई जना र स्क्रब्स टाइफस रोगका १० जना बिरामी आएको अस्पतालले जनाएको छ ।

भेरी अञ्चल अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवका अनुसार एक जना नेपालगञ्जका र एक जना दाङका बिरामीमा डेङ्गे देखिएकोमा उनीहरुको उपचार भइरहेको तथा स्क्रब्स टाइफस रोगका १० भन्दा बढी बिरामी भर्ना रहेको बताए।

उनका अनुसार डेङ्गुु परीक्षणका लागि किटको अभाव भएकाले मन्त्रालय र विभागमा माग गरिएको जनाउँदै डेङ्गे बढ्ने सङ्केत देखिएकाले समयमै सबै सचेत हुनुपर्ने सुझाव दिइएको छ। रासस

प्रकाशित: १६ कार्तिक २०७३ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App