चितवन निकुञ्जभित्र असार २१ बाट जीप नचल्ने

सोमबार, १६ असार २०७६, १४ : ३६ नागरिक

चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ।

पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् सुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जीप सञ्चालनमा रोक लगाउन लागिएको बताए।

निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सातवटा जिप निकुञ्जमा छिर्ने गर्दछन्। ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ।

निकुञ्ज प्रवेशबापत् एउटा जिपले एकपटकमा  पाँच हजार रुपैयाँ राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले एक सय ५०, सार्क मुलुकका पर्यटकले एक हजार र विदेशीले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन्। ढकालले दसैँ अगाडि भित्री सडक मर्मत गरी जीप सञ्चालनको अनुमति दिइने जानकारी दिए।  निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ।

यस वर्ष जेठसम्ममा २७ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ। हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad