८ वैशाख २०८१ शनिबार
समाज

टिप्परले ठक्कर दिँदा एककाे मृत्यु

भक्तपुर – मध्यपुर थिमि नगरपालिका–४, राधेराधे चोकमा आज टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बु पञ्चन–९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

काठमाडाैंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख ५३४३ नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए।

दुवै सवारीसाधन महानगरीय प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेको र फरार टिप्पर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १६ असार २०७६ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App