coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सार्वजनिक भयो सांसदहरूको भिडियो प्रोफाइल

६१ औं संसद दिवसका अवसरमा आयोजित कार्यक्रम । तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

काठमाडौं – संसदीय इतिहासमा पहिलो पटक सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको छ। ६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाइल सार्वजनिक गरियो।

समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई ‘पेपरलेस’ गरी डिजिटलाइज्ड बनाउने अभियानअन्तर्गतनै सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको बताए। उनले सांसदहरूलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गरे। उनले मन्त्रिपरिषद् बैठकमा ‘पेपरलेस’ गरी ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरूलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागिएको स्पष्ट पारे।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरूको भिडियो प्रोफाइल बनेको भन्दै खुसी व्यक्त गरिन्। उनले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महŒवपूर्ण दस्तावेजको रुपमा भिडियो प्रोफाइल रहेको बताए।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताए। जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उनले गरे।

 

प्रकाशित: १६ असार २०७६ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App