coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मैनबत्तीबाट सल्केर आगलागी हुँदा ३० लाखको क्षति

गाईघाट(उदयपुर)– तिहारको लक्ष्मी पूजाको राति लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले उदयपुर जिल्लाको रामपुर ठोक्सिला र लिम्पाटारमा रु ३० लाख बराबरको क्षति भएको छ ।

आगलागीका कारण रामपुर ठोक्सिलास्थित प्रेमबहादुर राईको घरमा करिब रु १० लाख बराबरको क्षति भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगालागीबाट राईको घरको लत्ताकपडा र सबै अन्नपात र काठको घर जलेर नष्ट भएको पनि स्थानीय रमणकुमार भट्टराईले बताए।

यस्तै लक्ष्मी पूजाको राति नै घरमा लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले जिल्लाको पश्चिमी पहामडी गाविस लिम्पाटारमा स्थानीय शम्भु कार्कीको घरमा आगलागी हुँदा कार्कीको घर तथा घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयवासी प्रभु कार्कीले जानकारी दिए। कार्कीकै घरको आगो सल्केर अन्य छिमेकी तिलकबहादुर कार्कीलगायतको पनि घर गोठ जलेको छ।

लिम्पाटारमा मात्र झन्डै रु २० लाख बराबरको धनमालको क्षति भएको स्थानीयवासीले बताएका छन्। मैनबत्ती बाल्दा मैनबत्तीबाट सल्केर आगलागी भएको पनि स्थानीय तथा प्रहरीले बताएका छन्। रासस

प्रकाशित: १६ कार्तिक २०७३ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App