७ वैशाख २०८१ शुक्रबार
समाज

छोरीले दिइन् १२ लाखको सूपारी, आमाको रेटियाे घाँटी

काठमाडौं -  भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा छोरीले प्रेमीसँग मिलेर नियोजित योजनाअनुसार आमाको हत्या गराएकी छन्। आइतबार बिहान छोरीले कन्ट्रयाक्ट किलरलाई हायर गरी आमाको हत्या गराएको भनी प्रहरीले प्रारम्भिक अनुसान्धानबाट पत्ता लगाएको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- ५ घर भई भक्तपुरको चाँगुनारायण( ७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आएका बखत आइतबार बिहान ६१ वर्षीय सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको थियो। उक्त घटनाको अनुसन्धान गर्दै जानेक्रममा प्रहरीले छोरीकै संलग्नता देखेपछि  उनलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्या गरिएकी भट्टराईको छोरीसहित चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गर्दै सो हत्या छोरी इश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका९४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँगको संलग्नतामा गराएको जनाएको छ।२७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले बयान दिएको महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले बताए।

उनका अनुसार इश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन्। त्यसपछि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमारु भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए। सावित्रीको आइतबार घाँटी रेटेर हत्या गरेको अवस्थामा छोरी इश्वरीको घरमा शव फेला परेको थियो। सावित्रीको चक्कु प्रहार गरी भएको हत्या भएको थियो।

प्रकाशित: १६ असार २०७६ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App