पाकिस्तानी आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

मङ्गलबार, १६ कार्तिक २०७३, ११ : ५६ नागरिक

काठमाडौं—भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्।

भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको हो।

भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको हो।

भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु पुष्टि गर्दै पाकिस्तानी पक्षले बिना सूचना फायरिङ खोल्दा घटना भएको बताए। ‘पाकिस्तानी क्षेत्रबाट कुनै सूचना नदिई फायरिङ भयो। जवाफमा हाम्रो पक्षबाट पनि पाकिस्तानी फौजमाथि प्रभावकारी जवाफी आक्रमण भयो’, उनले भने।

मृतक तामाङ सुनसरीको धरान निवासी हुन्। अाफ्नी अामासँग बस्दै अाएका २० वर्षे उनी भारतीय गोर्खा रेजिमेन्टमा भर्ती भएको धेरै भएको छैन।

सन् १९४७ मा नेपाल—वेलायत—भारतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालीहरु भारतीय सेनामा कार्यरत छन्। ७ गोर्खा रेजिमेन्टभित्र ४० बटालियन छन्। करिब ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन्। उनीहरुलाई भारतले सबैभन्दा जोखिमपूर्ण पाकिस्तानसँगको युद्धमा परिचालन गर्दै आएको छ। कस्मिरको पहाडी भूभागमा लड्न भारतले गोर्खा रेजिमेन्ट परिचालन गरेको यो पहिलो पटक होइन।





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad