८ वैशाख २०८१ शनिबार
समाज

आगलागीबाट ६ लाख बराबरको क्षति

राैतहट– रौतहटको दुई छुटाछुटै गाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। रौतहटको अकोलवा र पचरुखी गाउँमा भएको आगलागीमा छ लाख बराबरको धनमाल जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

रौतहटको अकोलवास्थित ३ घरमा आगलागी हुँदा उक्त क्षति भएको हो। अकोलवा ५ का रामगुलाम राम चमार, उमाशंकर राम चमार र किशोरी राम चमारको सगोलको घरमा भएको आगलागीमा कुनै मानवीय क्षति नभए पनि घरभित्रको विभिन्न सामग्री डढेको छ। स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसै गरी रौतहटकै पचरुखी गाविसको एक घरमा समेत आगलागी भएको छ । पचरुखी गाविस वार्ड नम्बर ८ का राम लक्षण राय यादवको घरमा आगलागी हुँदा धनमानल जलेर क्षति भएको छ। आगलागीको खबर थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोली घटनास्थल पुगेर आगलागीलाई नियन्त्रणमा लिएको थियो।

यादवको दुईवटा फुसको घरमा आगलागी हुँदा दुईवटा फुसको घर, दुईवटा भैँसी तथा सातवटा बाख्रा जलेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कृष्ण भन्डारीले बताएका छन्।

प्रकाशित: १६ कार्तिक २०७३ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App