६ वैशाख २०८१ बिहीबार
अर्थ

किसानलाई हाते ट्याक्टर

नुवाकोट – धान दिवसका अवसरमा विदुर नगरपालिकाको कृषि विकास शाखाले कृषि सहकारी/समूहलाई हाते ट्याक्टर वितरण गरेको छ। जग्गा तयारी, रोपो गोडमेल, कटानी प्रशोधनका लागि कृषि शाखाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको हो।

नगरपालिकाभित्र रहेका १३ कृषि सहकारी/समूहलाई २२ वटा औजार वितरण गरिएको कृषि विकास शाखा प्रमुख सुनिता तामाङले बताइन्। एउटा औजारलाई ४७ हजार तीन सय रुपैयाँ परेको र ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको तामाङको भनाइ छ। उनका अनुसार वडा नं ३ मा रहेको बुधसिंघाट कृषि र हाम्रो कृषि सहकारीलाई दुई–दुई रोपो गोड्ने उपकरण सतप्रतिशत अनुदानमा उपलब्ध गराइएको हो। एउटा मेसिनलाई २८ हजार रुपैयाँ परेको थियो।

नगर प्रमुख सञ्जु पण्डितले नगरपालिकाको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि मानव स्रोत आवश्यक रहेकाले त्यसलाई परिपूर्ति गर्न मेसिनरी सामग्री वितरण गर्ने भनि समावेश गरिएको बताए। पण्डितले किसानलाई जग्गा बाझो नराख्न आग्रह गर्दै किसानका पक्षमा नगरपालिका सधैं सकारात्मक रहेको बताए।

‘एक कृषक एक उपकरण पु-याउने नगरपालिकाको लक्ष्य भए पनि स्रोत साधनको अभावले कृषि सहकारी÷समूहलाई वितरण गरिरहेका छौं। जमिन बाझो राख्न नपाइने भन्ने सरकारको नीति छ,’ पण्डितले भने, ‘लागतका आधारमा उत्पादन कसरी गराउने र बजारको व्यवस्था गराउन नगरपालिका चिन्तित छ।’

लामो समयदेखि कृषि पेसा अगाल्दै आएका हाम्रो सहकारी तुप्चेका नवराज रिजालले गोरुले जोत्दा समय धेरै लाग्ने, खर्च धेरै हुने, गोरु पाल्ने किसान घट्दै गएकाले गोरुको समस्या हुँदै आएकाले नगरपालिकाले उपलब्ध गराएको हाते ट्याक्टरबाट सहज हुने विश्वास लिएको बताए।

प्रकाशित: १६ असार २०७६ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App