coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानलाई हर्ष, न विस्मात

मन्त्री खनालसहित भाषण गर्न मञ्चमा खचाखच भरिएका नेता। तस्बिरः निर्मल/नागरिक

बर्दिया – राजापुर क्षेत्रको भेरी माविमा सोमबार सोह्राैं राष्ट्रिय धान दिवस मनाउन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित कृषि विभागका कर्मचारी गाडीको लस्करसहित पुगे। कृषि विभागका कर्मचारीले दुई दिन अघिदेखि तयारी गरिएको मञ्चले कुनै ठूलो आमसभा हुन थालेको झल्को दिन्थ्यो।

औपचारिक कार्यक्रमालाई प्राथमिकता दिएर बनाएको तालिकाले एकदिने धान दिवस तथा रोपाइँ महोत्सव भाषणमै सीमित भयो। एक दर्जनभन्दा बढी  नेता तथा कार्यकर्ताले कार्यक्रममा मन्तव्य राखे। धान दिवसमा पूर्वमन्त्री शन्तकुमार थारु र सन्जय गौतम औपाचारिक कार्यक्रममा सहभागी भएका थिए। औपाचारिक कार्यक्रममा बढी महत्व दिएर आयोजना गरिएको सोह्रौं राष्ट्रिय धान दिवसमा अधिकांश किसान सुन्तुष्ट भएनन्। औपचारिक कार्यक्रमपछि रोपाइँका लागि खेतमा पुगेको टोली धेरै बेर खेतमा टिक्न सकेन।

कृषि विभागको आयोजनामा गरेको एक दिने महोत्सवमा सक्रिय सहभागिता किसानको देखिएको थिएन। कृषि विभाग अन्र्तगतका कर्मचारी, संघसंस्थाका पदाधिकारीको अग्रसरतामा धान दिवस सम्पन्न भएको हो। किसानको पीडाबारे खेतमा गएर बोल्नु पर्नेमा मञ्चमा गरिएको भाषणको औचित्य नभएको स्थानीय चैतु थारुले बताए। देशकै बढी धान उत्पादन हुने परिचय बनाएको क्षेत्रमाा रासायनिक मल अभाव भएको उल्लेख गर्दै किसान र जग्गाधनिबीच द्वन्द्व समाधान गर्न सरकारले उदासिनता देखाएको उनले बताए। ‘रोपाइँका बेला किसान र जग्गाधनिको मनमुटावले राष्ट्रिय धान दिवसले अधिकांश किसानलाई छोएन,’ उनले भने।

नेताहरु आएर भाषण गर्न  धान दिवसको अवसर छापेको स्थानीयको  भनाई छ। धानको उत्पादनको हिसाव देशको ८ औ स्थानंमा पर्ने उक्त क्षेत्रमा सरकारले धान महोत्सव आयोजना गरेपनि किसान र जग्गा धनिलाई धान दिवस तथा रोपाइँ महोत्सव हर्ष न विस्मात झै भएको छ। यतिखेर किसान र जग्गाधनि विच द्धन्द्ध चर्केको छ। किसान र जग्गाधनि विच द्धन्द्ध बढाउँन गरिएको चलखेलले अधिकांश जग्गा बाझो छन्। जग्गा धनिले परम्परागत रुपमा गरिदै आएको अधिया बटैया गर्ने पक्षमा छन् भने किसानले तिक्कुर (चार भागको तीन भाग) बटैया दिन पर्ने माग गरेका छन्। जग्गा धनिले तिक्कुर बटैया नदिए किसानले खेती नगर्ने किसानले घोषणा गरेका छन्। यस्तै,जग्गाधनिले किसानलाई तिक्कुर नदिने निर्णय गरेका छन्। अरुको खेत लगाएर बाचेका किसान बिहान र साझको जोहो गर्न सक्ने अवस्थामा छैनन्। बाहिरी जिल्लामा बस्ने जग्गाधनिको जग्गा बाझो रहने अबस्था छ।  एक महिना अघि राजापुरमा हनुमान गढी मन्दिर परिसरमा भएको निर्णय वाट जग्गा धनि र किसान दुबै पछि हटेका छैनन्। किसान र जग्गाधनि विच द्धन्द्ध समाधानमा सरकारले चासो नदेखाएर भाषण गर्न गरिएको धान दिवसको अर्थ नरहेको स्थानीयको भनाई छ।

तिक्कुर र अधैया बटैया भन्ने विषयमा  चर्केको विवाद खेत बाझै रहने जोखिम बढेको छ। यता, जगगा धनीले तिक्कुर बटैया दिए ५० हजार जरिवाना गर्ने र किसानले अधिया (आधा आधा) लगाएमा ५० हजार तिर्न पर्ने निर्णय गरेका छन्। जसले गर्दा जग्गाधनि र किसान दुबैलाई मर्का परेको छ।सरकारले भब्य रुपमा मनाएकोे सोह्रो धान दिवसले यँहाका किसानलाई नछोएको बदालपुरकि स्थानीय किसान ज्ञानुमाया रिजालले वताईन। राजापुर नगरपालिका प्रमुख र उपप्रमुख समक्ष जायज माग नरहेको भन्दै दिएको ज्ञापन पत्र बुझाउँदा सकारात्मक नभएको उनको आरोप छ।‘जग्गा धनि भन्दा किसान तर्फ बढि झुकाव  राजापुरका जनप्रतिनिधिको देखिन्छ’उनले भनिन‘ उपप्रमुखले मनकला चौधरीले किसानको माग सम्बोधन गर्न पर्छ भन्नु भयो,नजायज मागको पक्षमा नगर प्रमुख र उपप्रमुख देखिनु भएको छ।’ किसान र जग्गा धनि विच माघ महिनामा जग्गा लगाउने कि नलगाउँने भन्ने विषयमा सहमति हुन्छ। तर,रोपाइँका बेलामा किसान तिक्कुर माग जायज नभएको जग्गाधनि तर्क गर्छन।किसानले धोखा दिएको भन्दै जग्गाधनि आफै खेत लगाउँन थालेका छन्।

बैशाख दोस्रो साता बडघर(गाउँको नेतृत्व )सम्मेलनमा तिक्कुर बटैया गर्ने निर्णय गरेको स्रोतको दाबी छ।‘चुनावका वेला सस्तो लोकप्रियताका लागि तिक्कुर बटैया दिलाउँने तत्कालिन माओवादीको बाचा थियो’स्रोतले भन्यो‘बडघर सम्मेलन सकिए लगत्तै तिक्कुर बटैया आगो झै सल्कियो। ’स्रोतका अनुसार तिक्कुर बटैयाको पक्षमा रहेका समितिमा अधिकांश तत्कालिन माओवादी रहनुले उक्साहटामा तिक्कुर बटैया माग भईरहेको छ। तिक्कुर बटैया माग जायज नहुँदा जग्गा बाझो रहने अवस्था देखिएको उद्योग वाणिज्य संघ,राजापुरका अध्यक्ष कृष्ण रेग्मीले वताए।

‘जग्गा धनि र किसानको द्धन्द्ध सबैलाई घाटा छ।’उनले भने,‘समझदारीमा गए मात्र दुबै पक्षलाई फाईदा पुग्छ।’  रेग्मीका अनुसार मेशनरी  प्रयोग  खेति गरिन हुनाले तिक्कुर माग जायज छैन। ‘यति खेर सबै खेतिमा मेशिन प्रयोग गरेर गरिन्छ’उनले भने,‘सबै खर्च जग्गा धनि र किसानले आधा आधा बेहोर्छन,अहिले किसानको कसरी तिक्कुर जायज माग हुन्छ ?’उनका अनुसार अधिकांश जग्गा धनिसँग  २ वा ४ बिगाहा भन्दा बढि छैन। 

जग्गा बटैया दिँदा पनि खेति लगाउँदा देखि भित्राउँदा किसान र जग्गा धनिको आधा आधा खर्च लाग्ने गरेको छ। थ्रेसर लगाउँदा र ट्याक्टर लगायतको खर्च जग्गा धनि तिर्दे आएको जग्गाधनिको भनाई छ। उता, तिक्कुर बटैया दिए मात्र जग्गा धनिको खेत लगाउँने निर्णय अडिग रहेको  किसानको भनाई छ।चुनावी वाचाका पूरा गर्न तिक्कुर बटैया जनप्रतिनिधि रहेको आरोप गलत भएको राजापुर नगरपालिकाका शिव चौधरीले वताए।‘स्थानीय सरकारका प्रतिनिधि भएकाले दुबै पक्ष जानकारी गराएका छन्’उनले भने,‘तिक्कुर बटैया दिने वा नदिने विषयमा हाम्रो चासो छैन।’

प्रकाशित: १६ असार २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App