coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लोक स्रष्टा सम्मानित

काठमाडौं –  धौलागिररिमा जन्मिएर नेपाली लोक संगीतको क्षेत्रमा राष्ट्रिय स्तरमा योगदान पु¥याउने लोक स्रष्टालाई सम्मान गरिएको छ। धौलागिरी सांस्कृतिक समिति नेपालले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

धौलागिरी सेवा समाज नेपाल अन्र्तगतको सांस्कृतिक समितिले धौलागिरि साधना सम्मान गायक जीवन शर्मा , खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई दिएको  हो। त्यस्तै धौलागिरि युवा सम्मान ‘सालको पातको टपरी हुनि’ गीचका गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार  बसन्त थापा र गीतकार नवराज पन्तलाई प्रदान गरेको थियो। धौलागिरि राष्ट्रिय सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको थियो।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ र संगीतकार शम्भुजित बास्कोटाले सम्मान गरिएका थियो। लोक संगीतको क्षेत्रमा धौलागिरि बाट राष्ट्रिय स्तरमा स्थापित भएर योगदान पु-याएका कलाकारलाई सम्मान गरेको धौलागिरि सांस्कृतिक समितिका संयोजक कृष्ण समिप सुवेदीले बताए।

प्रकाशित: १६ असार २०७६ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App