८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रिय टोलीमा भेषावकरको पुनरागमन

काठमाडाैं – सिंगापुरमा जुलाईमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। आइतबार राजधाानीमा आयोजित एक कार्यक्रमका बीच पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। आइसिसीका प्रतिनिधि कप्तान पारस र प्रशिक्षक उमेश पटवाल सम्मिलित तीन सदस्यीय छनोट समितिले अन्तिम नामावलीको घोषणा गरेको हो।

घोषित टोलीमा शरद् भेषावकरले टोलीमा पुनरागमन गर्दा आरिफ शेख र सन्दीप जोराले टोलीमा स्थान बनाउन सकेनन्।
टोलीमा पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद, वसन्त रेग्मी, विनोद भण्डारी, प्रदीप ऐरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, पवन सर्राफ, अविनाश बोहोरा, ललितनारायण राजवंशी, सोमपाल कामी र करण केसी रहेका छन्।

त्यस्तै कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारी र आरिफ वैकल्पिक खेलाडी रहेका छन्। नेपालले प्रतियोगिताअघि जुलाई १३ र १४ मा मलेसियामा दुई ट्वान्टी–२० खेल खेल्नेछ। टोली मलेसियाबाटै सिंगापुर भ्रमणमा निस्कनेछ। नेपालले जुलाई २३ मा कतार,२४ मा मलेसिया,२७ मा कुवेत र २८ मा आयोजक सिंगापुरविरुद्ध खेल्नेछ।

प्रकाशित: १६ असार २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App