७ वैशाख २०८१ शुक्रबार
खेल

भरोसा गरिएका खेलाडी

चेस्टर ले स्ट्रिट – जारी विश्वकप एसियाली टोली श्रीलंकाका लागि राम्रो बन्न सकिरहेको छैन। विश्वस्तरीय खेलाडीको अभाव रहेको श्रीलंकाली टोलीका लागि लासिथ मालिङ्गा निकै भरोसा गरिएका खेलाडी हुन्। यद्यपि, यस विश्वकपमा मालिङ्गाले आफ्नो सन्तुलित प्रदर्शन भने देखाउन सकिरहेका छैनन्। हरेक खेलमा उनीप्रति निर्भर रहँदा श्रीलंकाली टोलीको प्रदर्शनमा पनि उतारचढाव आइरहेको छ। मालिङ्गाप्रति टोलीको आशा हुनु पनि स्वाभाविक नै हो।

उनी त्यस्ता बलर हुन्, जो आफ्नो योर्कर र तीव्र गतिको बलिङमा विपक्षी टोलीका ब्याट्सम्यानलाई हरेक बलमा दबाबमा राख्न सक्छन्। यस विश्वकपमा पनि उनले पाँच खेलबाट ९ विकेट लिइसकेका छन्।

७ खेलको समाप्तिमा श्रीलंका ६ अंकका साथ सातांै स्थानमा भए पनि दुई खेल भने वर्षाका कारण हुन सकेन। आयोजक इङ्ल्यान्डलाई निराश पार्दै श्रीलंकाले अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना जीवित राख्दा त्यसका नायक पनि मालिंगा नै थिए। व्यक्तिगत उत्कृष्ट प्रदर्शनबाटै टोलीलाई सफलता दिलाउने क्षमता अभैm पनि उनमा छ भन्ने प्रमाण इङ्ल्यान्डविरुद्धको खेलमा मालिङ्गाले देखाइसकेका छन्।   

उक्त खेलमा मालिंगाले १० ओभरमा १ मेडनसहित ४३ रन खर्चंदै ४ विकेट लिएपछि  श्रीलंका २ सय ३३ रनको सामान्य लक्ष्य पनि रक्षा गर्न सफल भएको थियो। श्रीलंकाले न्युजिल्यान्डलाई १० विकेटको नतिजा सुम्पिँदै विश्वकपको सुरु गर्दा बाहेक त्यसपछिका प्रत्येक खेलमा मालिङ्गाले विकेट लिएका छन्।

अफगानिस्तानलाई हराउँदै श्रीलंकाले पहिलो जितको स्वाद चाख्दा पनि मालिंगाले ३ विकेट लिएका थिए। अस्ट्रेलियाविरुद्ध पनि मालिंगाले स्टिभ स्मिथलाई पवेलियनको बाटो देखाउँदै एक विकेट आफ्नो नाममा लेखाए। गत खेलमा श्रीलंकाले दक्षिण अफ्रिकासँग ९ विकेटले खेल सुम्पिँदा पनि एक मात्र विकेट मालिङ्गाले लिएका थिए।
सोमबार श्रीलंकाले वेस्ट इन्डिजविरुद्ध खेल्दै छ। निकै खराब ब्याटिङ प्रदर्शनबाट गुज्रिरहेको वेस्ट इन्डिजका लागि मालिङ्गा घातक बलर साबित हुन सक्दछन्। बिग हिटरको छबि बनाएका वेस्ट इन्डिजका ब्याट्सम्यान पनि मालिङ्गासँग सजग भएर खेल्ने योजनामा हुनेछन्।

फरक साबित गर्ने प्रयास
म्यानचेस्टर – निराशाजनक प्रदर्शनबाट गुज्रिरहेको वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल निकै आशालाग्दा बलर साबित भइरहेका छन्। ब्याटिङ र बलिङ दुवैमा वेस्ट इन्डिजका खेलाडीले बिर्सनलायक प्रदर्शन गरिरहँदा कोट्रेलले आफूलाई फरक साबित गर्ने प्रयास गरिरहेका छन्। त्यसैले पनि होला यस विश्वकपमा कोट्रेलले ७ खेलबाट ११ विकेट लिँदा वेस्ट इन्डिजका लागि सबैभन्दा सफल बलर साबित भइरहेका छन्।

सर्वाधिक विकेट लिने सूचीमा नवौं स्थानमा रहेका कोट्रेलले बलिङका साथै  विकेट लिनेबित्तिकै गर्ने सलुटको सेलिब्रेसनले पनि चर्चा कमाइ राखेका छन्। आक्रामक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिज खराब प्रदर्शनका कारण आलोचित भइरहँदा सोही टोलीका सदस्य सेल्डनले  भने आफूलाई जोगाइराखेका छन्। पछिल्ला ९ खेलको नतिजा हेर्दा पनि सेल्डनले १२ विकेट लिइसकेका छन्। त्यसैले पनि उनी अन्य बलरभन्दा फरक देखिएका हुन्। वेस्ट इन्डिजले हार बेहोर्दा पनि आफ्नो बलिङ प्रदर्शनबाट छाप छोड्न सफल रहँदा भारतविरुद्ध २ विकेट लिएका थिए।

न्युजिल्यान्डविरुद्ध निकै यादगार प्रदर्शन गर्ने क्रममा उनले पहिलो ओभरमै ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुनरोजस्ता महŒवपूर्ण ब्याट्सम्यानलाई खात नखोली पवेलियनको बाटो देखाइदिएका थिए। साथै उनले कप्तान केन विलियम्सन र टम लाथमलाई आउट गर्दै चार विकेट निकालेका थिए। सोही खेलमा न्युजिल्यान्डको थप विकेट पतन हुँदा पनि उनले उत्कृष्ट रनआउट गरे।

सो क्रममा बलिङ गरेपछि आफूतिर आएको बलबाट उनले कोलिन डी ग्रान्डहोमलाई आउट गरेका थिए। उनले ६ खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्ध समान दुई विकेट लिँदा पाकिस्तानसँगको खेलमा एक विकेट निकाले। सन्

२०१५ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका कोट्रेलले कुल २० इनिङमा २६ विकेट निकालेका छन्। वेस्ट इन्डिजले सोमबार श्रीलंकाविरुद्ध खेल्दै छ। श्रीलंकाविरुद्ध खेलमा पनि कोट्रेलबाट टोलीले लय निरन्तरता आशा गरेको छ। उनी पनि आफ्नो स्वाभाविक लयलाई निरन्तरता दिँदै यस विश्वकपमा टोलीको जितलाई बढाउन चाहन्छन्।

प्रकाशित: १६ असार २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App