७ वैशाख २०८१ शुक्रबार
खेल

पछाडि धकेलियो न्युजिल्यान्डको सम्भावना

लडर्स – इङ्ल्यान्डमा जारी आइसिसी विश्वकप क्रिकेटमा दोस्रो हार बेहोरेपछि सेमिफाइनलमा पुग्ने न्युजिल्यान्डको सम्भावना पछाडि धकेलिएको छ। लर्ड्समा शनिबार भएको आफ्नो आठौं खेलमा अस्टेलियासँग ८६ रनले स्तब्ध भएपछि सेमिफाइनलमा पुग्न न्युजिल्यान्डले अर्को खेल कुर्नुपर्ने भएको हो। लगातार पाँच खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहे पनि न्युजिल्यान्ड पछिल्ला दुई खेलमा पराजित भएपछि तेस्रो स्थानमा झरेको छ। यसअघि पाकिस्तानले जारी विश्वकपमा न्युजिल्यान्डलाई पहिलो हार चखाएको थियो।

८ खेलबाट ११ अंक बनाएको न्युजिल्यान्डलाई अन्तिम चारको यात्रा गर्न अन्तिम खेलमा जित वा बराबरी आवश्यक छ। आइतबार न्युजिल्यान्डलाई एक खेलअगावै सेमिफाइनल पुग्ने अवसर थियो। यद्यपि, २ सय ४३ रनको मध्यम योगफल पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा १ सय ५५ रनमै समेटिँदै अस्ट्रेलियालाई नतिजा सुम्पियो। अस्ट्रेलियाका मिचेल स्टार्क एक्लैले सर्वाधिक पाँच विकेट लिँदै न्युजिल्यान्डको इनिङ सस्तैमा धराशयी बनाए।

यससँगै यस विश्वकपमा २४ विकेट लिएका स्टार्कले सर्वाधिक विकेट लिने सूचीमा शीर्षताका लागि अरूलाई धेरैले विकेटले पछाडि पारेका छन्। दोस्रो स्थानमा रहेको न्युजिल्यान्डका लकी फर्गुसनले १७ विकेट लिएका छन्। अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्डका केन विलियम्सनले सर्वाधिक ४० रन जोड्नुबाहेक रस टेलरले ३० रनको योगदान गरेका थिए। ९.४ ओभर बलिङ गरेका स्टार्कले निकै किफायती बलिङ गर्दा २६ रन खर्चिएर एक मेडन राखेका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो। न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ह्याट्रिकसहित चार विकेट लिँदा अस्ट्रेलियाले मध्यम योगफल बनाउन सकेको थियो। अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र विकेटकिपर एलेक्स केरीले शतकीय साझेदारी गरेका थिए।
पहिलो विकेट १५ रनमा गुमाएको अस्ट्रेलियाले ४६ रन बनाउँदा स्टिभ स्मिथलाई ५ र डेविड वार्नरलाई १६ रनमै गुमाएको थियो। तर, ख्वाजा र केरीले १ सय ६ रनको साझेदारी गरेपछि अस्ट्रेलिया मध्यम स्कोरको स्थितिमा पुग्यो। ४३औं ओभरको अन्तिम बलमा केरी ७१ रन बनाएर आउट भए भने ट्रेन्ट बोल्टको अन्तिम ओभरको दोस्रो बलमा ख्वाजा पनि ८८ रनमा पवेलियन फर्किए।
बोल्टले त्यसपछि लगातार २ विकेट लिँदै ह्याट्रिक पूरा गरे। बोल्टले स्टार्क र जेसन बेहरनडर्फको विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। बोल्ट जारी विश्वकपमा ह्याट्रिक विकेट लिने दोस्रो बलर र न्युजिल्यान्डबाट पहिलो खेलाडी बनेका छन्। न्युजिल्यान्डका बोल्टले चार विकेट लिँदा फर्गुसन र जेम्स निसमले समान २÷२ विकेट हात पारे। कप्तान केन विलियम्सनको नाममा एक विकेट रह्यो।


लगातार पाँच खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहे पनि न्युजिल्यान्ड पछिल्ला दुई खेलमा पराजित भएपछि तेस्रो स्थानमा झरेको छ।

प्रकाशित: १६ असार २०७६ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App