६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

प्रहरी पक्षधर हजारौं सडकमा

प्रहरी पक्षीय प्रदर्शनकारीले तामरमा रहेको सरकारी मुख्यालयबाहिर गरेको प्रदर्शनका सहभागी। तस्बिर ः एजेन्सी

हङकङ – बेइजिङ समर्थित दशौं हजारौं प्रदर्शनकारीले प्रहरीको समर्थन गर्दै हङकङमा प्रदर्शन गरेका छन्। सेतो र निलो कपडा लगाएका प्रदर्शनकारी चीनको झण्डासहित सडकमा उत्रिएको बिबिसीले उल्लेख गरेको छ। उनीहरुले केही साताअघि सरकारले ल्याउन लागेको सुपुर्दगीसम्बन्धी विधेयकको विरोमा उत्रिएकाको विरोध गरेका छन्।

हङकङमा यसै महिना रेकर्ड तोड्ने गरी दुई ठूला प्रदर्शन भएका थिए। मुख्यभूमि चीनमा सुपुर्दगी गर्नेबारे नयाँ कानुन प्रस्ताव गरेको सरकारले व्यापक विरोध प्रदर्शनका कारण सो विधेयक तत्कालका लागि स्थगन गरेको थियो। सरकारले प्रस्तावित गरेको सो विधेयकमा संदिग्ध व्यक्तिलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्था गर्न लागिएको थियो।
गत जुन १२ का दिन हङकङ प्रहरीले विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो।

विधेयक विरोधी प्रदर्शनकारी र प्रहरीबीच दशकौंपछि हङकङमा ठूलो हिंसा भएको थियो। हङकङका न्यायमन्त्री टेरेसा चेङले प्रहरीले प्रदर्शनकारीमाथि गरेको क्रुर बल प्रयोगमाथि अनुसन्धान गर्न निर्देशन दिएकी थिइन्। सरकारले बल प्रयोग गरे पनि प्रदर्शनकारीले सरकारलाई घुँडा टेकाउन सफल भएको थियो। सरकारले प्रदर्शनकारीसँग माफी माग्दै विधेयकलाई स्थगन गरिएको घोषणा पनि गरेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बेइजिङ पक्षधरको आइतबारको -यालीमा करिब एक लाख ६५ हजार जतिको सहभागिता रहेको थियो। आइतबार ती प्रदर्शनकारीले तामर पार्कबाट -याली निकालेको बिबिसीले उल्लेख गरेको छ।
सरकारको प्रस्तावित सुपुर्दगी विधेयकको विरोधमा उत्रिएको प्रदर्शनकारीको संख्याभन्दा समर्थनमा उत्रिएको आइतबारको -यालीमा सहभागीको संख्या अति नै कम भएको बताइएको छ।

सरकारले ल्याउन लागेको प्रस्तावित सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा भएको पछिल्लो प्रदर्शनमा करिब २० लाख मानिसको उपस्थिति रहेको अधिकारवादीहरुले बताउने गरेका छन्। विधेयक विरोधी प्रदर्शनकारीकको भन्दा समर्थक प्रदर्शनकारीको संख्या धेरे भए पनि आइतबारको ¥यालीले हङकङको भूभागभित्र चीन समर्थकको पनि बाक्लो उपस्थिति रहेको छ है भन्ने सन्देश दिएको विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘जनताले प्रहरीमाथि गरेको व्यवहारलाई लिएर म चुप बस्न सकिँन,’ प्रहरीको समर्थन गर्दै -यालीमा ७० वर्षीय नागरिक फ्रान्केस युले फ्रान्सेली समाचार एजेन्सी एएएफपीसँग बताए। आफ्नो परिचय माग्दा वोङ भनेका एक ५४ वर्षीय कार्यालय कर्मचारीले पनि प्रहरीले देशमा सुव्यवस्था कायम गर्नका लागि लागिपरेको तर सुपुर्दगी विरोधीको कुनै दिमाग नभएको आरोप लगाएका छन्।

बेइजिङ र हङकङ प्रहरीको समर्थनमा निकालिएको -यालीको विरोधमा सहरका केही भूभागमा सानातिना प्रदर्शन पनि भएको बताइएको छ। सरकारले प्रस्ताव गरेको विवादित विधेयकमा संदिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउमा सुपुर्दगी गर्न सकिने प्रावधान राखिएको थियो। बलात्कार र हत्याका आरोपितलाई ती ठाउँमा सुपुर्दगी गर्नका लागि सो विधेयक ल्याउन लागिएको थियो।

सन् ११९७ देखि ‘एक राष्ट्र, दुई प्रणाली’ सिद्धान्तअन्तर्गत हङकङ चीनको एउटा महत्वपूर्ण क्षेत्रको रूपमा रहेको छ। यही प्रणालीकै कारण मुख्यभूमि चीनमा नपाइने वा नदेखिने स्वतन्त्रता पनि हङकङमा देखिन्छ, जहाँ न्यायिक स्वतन्त्रता पनि रहेको छ। यद्यपि विधेयको विरोधमा उत्रिएका प्रदर्शनकारीले नयाँ कानुनले हङकङमा चिनियाँ प्रभाव बढ्ने भन्दै विरोध गरिरहेका छन्।

हाल प्रस्तावित विधेयक स्थगित अवस्थामा रहेको भए पनि प्रदर्शनकारीका प्रमुख चारवटा माग रहेका छन्। जसमा, विधेयकलाई पूर्ण रूपमा फिर्ता लिनुपर्नेलगायतका छन्। बेइजिङ पक्षधरले आइतबार -याली निकाले पनि विधेयक विरोधीले पन िअर्को प्रदर्शनको तयारी गरिरहेको बताइएको छ। विधेयकको विरोधमा सोमबार विशाल ¥यालीको तयारी गरिएको छ। बेलायतको संरक्षणमा रहेको हङकङ चीनलाई हस्तान्तरण गरिएको २२ वर्ष पुगेको अवसर पारेर सोमबार प्रस्तावित सुपुर्दगी विधेयकको विरोधमा ठूलो प्रदर्शनको तयारी भएको बताइएको छ।

विधेयको विरोधी र प्रहरीको समर्थकले आ–आफ्नै ढंगले प्रदर्शन सुरु गर्ने भएपछि हङकङका मुख्य सेक्रेटरी म्याथु चेङले सबैलाई धैर्यधारण गर्न आग्रह गरेका छन्।

प्रकाशित: १६ असार २०७६ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App