७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप छनौट खेलमा कार बम विस्फोट प्रयास

जोद्दा– साउदी अरेबियाका सरकारी अधिकारीहरुले एक अन्तराष्ट्रिय फुटबल खेलका दौरान गरिएको कार बम विस्फोटको प्रयास  विफल पारेको दाबी गरेका छन्।

२०१८ मा हुने विश्वकप छनोट खेलमा साउदी अरेबियाले युएईको सामाना गरेको थियो। उक्त खेलमा पहुना टोली युएई ३–० गोल अन्तरले विजयी भएको थियो।

सरकारी अधिकारीहरुले भनेका छन् ‘पश्चिमी सहर जोद्दामा   ११ अक्टोबरमा भएको साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको खेलका दौरान रंगशालामा एक अज्ञात समुहले कार बम विस्फोट गराउन प्रयास गरेपनि सरकारी टोली तथा सुरक्षा संयन्त्रले उक्त प्रयासलाई विफल पारिदिएको छ।

उनीहरुले यस आक्रमणमा इस्लामिक स्टेट (आइएस) को हात रहेको हुन सक्ने बताउँदै यसबारे थप अनुसन्धान भैरहेको बताएका छन्।

सरकारी अधिकारीहरुले उक्त कार बम विस्फोट गराउन खोज्ने ८ जनालाई पक्राउ गरेको समेत जनाएको छ। पक्राउ पर्नेहरुमा ४ साउदी, २ पाकिस्तानी, १ सिरीयाली तथा १ सुडानका नागरिक रहेको बताएका छन्।

रसियामा सन् २०१८ मा हुने विश्वकप छनोट खेलमा साउदी अरेबियाले युएईको सामाना गरेको थियो। उक्त खेलमा पहुना टोली युएई ३–० गोल अन्तरले विजयी भएको थियो।

 

 

प्रकाशित: १६ कार्तिक २०७३ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App