८ वैशाख २०८१ शनिबार
समाज

पहिरो हटाउन प्रहरी परिचालन

चितवन- वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम शुरु भएपछि पन्छाउनका लागि प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरीचौकी जुगेडीमार्फत प्रहरीको टोली खटाइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार दुई कार्यालयबाट पाँच/पाँचजना प्रहरीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ। प्रहरी नायब निरीक्षकको नेतृत्वमा २४ सैं घण्टा तयारी अवस्थामा राखिने उहाँले जानकारी दिए।

सडकमा पहिरो खसेको र दुर्घटना भएको जानकारी पाउनासाथ टोली परिचालन गरिने छ। पहिरोका कारण यात्रुले लामो समय सडकमा बस्न नपरोस् भन्ने उद्देश्यले प्रहरी परिचालन गरिएको कोइरालाले जानकारी दिए। सडक विस्तारका क्रममा ठाउँ/ठाउँमा भित्ता काटिएकाले वर्षात हुनासाथ ठूला साना पहिरो खस्ने गर्दछ। रासस

प्रकाशित: १५ असार २०७६ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App