८ वैशाख २०८१ शनिबार
समाज

ख्वपमा कानुन र न्याय संकाय पनि

भक्तपुर– भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरमा यसवर्षदेखि कानुन र न्याय संकायमा पनि पढाई हुने भएको छ। विज्ञान, व्यवस्थापन, मानबिकी र शिक्षाशाश्त्र संकायमा मात्रै पठनपाठन गराइरहेको यो  विद्यालयले यो वर्षदेखि कानुन र न्याय संकाय पनि थपेर पठनपाठन सुरु गर्न लागेको हो। 

विद्यालयका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीले कानुन र न्याय संकायको महत्वलाई बझेर यो वर्षदेखि छुटै संकायको रुपमा यसको पठनपाठन सुरु गर्न लागेको जनाए। मानविकी संकायमै ऐच्छिक विषयको रुपमा कानुन र न्यास पढ्न सकिने भए पनि छुटै संकायको रुपमा पठनपाठन गराउन लागिएको भाइस प्रिन्सिपल किसीले बताए। 

यो संकाय अन्तर्गत कक्षा ११ मा पाँंच वटा विशेष रहेका छन्। कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य विषयका रुपमा रहेका छन्। अन्य तीन वटा विषयहरुमा जनरल प्रिन्सिपल एण्ड थ्योरिज अफ ल, नेपलिज लिगल सिस्टम र कन्ष्ट्च्यिुसनल ल एण्ड नेपलिज कन्स्टिच्युसन रहेका छन्। साथै कक्षा १२ मा अनिवार्य विषयको रुपमा अंग्रेजी एउटा मात्रै रहेका छन्। बाँंकी चार वटा विषयहरुमा लिगल ड्राफ्टिग, प्रोसिड्युरल ल, सिभिल ल एण्ड जस्ष्टिस एण्ड क्रिमिनल ल एण्ड जस्ष्टिस् र ह्युम राइट रहेका छन्। 

प्रकाशित: १५ असार २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App