८ वैशाख २०८१ शनिबार
राजनीति

आइफा अवार्डलाई पैसा नदिन भन्दै प्रदर्शन

अवार्डलाई ४४ करोड भन्दा बढी पैसा दिएको विरोधमा प्रदर्शन गर्दै। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौ- आइफा अवार्डको लागि सरकारले ४४ करोड भन्दा बढी रकम दिन लागेको भन्दै विरोध भएको छ। सरकारको निर्णय विरुद्ध स्वतन्त्र राष्ट्रिय अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

मण्डलामा भेला भएर युवाहरुले भारतीय अवार्ड कार्यक्रमलाई रकम दिन नहुने बताए। उनीहरुले 'नेपाली कलाकारलाई भोको पेट, भारतीय कलाकारलाई एक अर्व भेट', 'मानो काटेर तिरेको कर दुरुपयोग गर्न पाइँदैन' लगायत लेखेका प्लेकार्ड बोकेका थिए।

नेपालमा हुन लागेको भारतीय अवार्डलाई सरकारले ४४ करोड दिने निर्णय गरेको थियो।

 

 

प्रकाशित: १५ असार २०७६ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App