coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी

मुगु– आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्याैट भएको  जिल्ला अदालतले मुगुले जनाएको छ। जिल्ला अदालत मुगुमा दर्ता भएका नयाँ पुराना गरी कुल ११९ मुद्दामध्ये असार मसान्तसम्म ८८ वटा मुद्दा फर्छ्याैट भएको जिल्ला अदालतका श्रेस्तादार रुद्रप्रसाद अर्यालले बताए। 

यो बर्षको साउनयता ८५ वटा मुद्दा फैसला गर्ने अदालतको लक्ष्य भए पनि कुल ८८ वटा मुद्दा फैसला गरेको जानकारी गराउँदै श्रेस्तादार अर्यालले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट भएको बताए। 

अघिल्लो वर्ष सरेर आएका ३३ र यो बर्षका ८६ गरी मुगुमा ११९ मुद्दा दर्ता भएका छन्। अघिल्लो बर्ष सरी आएका ३३ मध्ये ३१ वटा मुद्दा फर्छ्याैट भएको र बाँकी २ वटा मात्र बाँकी रहेका छन्। 

यो बर्षको असारसम्म नयाँ ८६ वटा मुद्दा दर्ता भएकामा ५७ वटा फछ्र्याेट भई २९ बाँकी रहेका श्रेस्तेदार अर्यालले जानकारी दिए। उनका अनसार सरकारी फौजदारीका २६ वटा मुद्दा दर्ता भएकामा १६ वटा फछ्र्याेट भई १० वटा बाँकी रहेका छन भने व्यक्तिवादी देवानीका  २८ वटा दर्ता भएकामा १९ वटा फछ्र्योट भई ९ वटा बाँकी रहेका अर्यालले जानकारी दिए। 

सम्बन्ध बिच्छेदका २१ वटा मुद्दा दर्ता भएका भए पनि १८ वटा मुद्दा फछ्र्योट भई ३ वटा मात्र बाँकी रहेका छन्। सम्बन्ध बिच्छेदका मुद्दा बढी दर्ता हुनुमा सानै उमेर विवाह हुनु, गरिबी र आपसी मेलमिलाप नहुनु रहेकाका छन्। सम्बन्ध बिच्छेद गर्नेमा २० देखि २५ बर्ष उमेर समूहका रहेकाले पनि जिल्लाको बाल विवाहको अवस्थालाई प्रस्ट देखाएको छ।

प्रकाशित: १५ असार २०७६ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App