coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री चीन प्रस्थान

फाइल तस्बिर

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान सहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन्। उनले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनेछन्। साथै सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीले मंगगलबार ‘जलवायु परिवर्तन भावी वित्तीय संकट’ र नयाँ शक्ति संकलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्नेछन्। डालियानमा रहँदा उनले राजनीतिक एवम् व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नेछन्।

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नेछन्। त्यहाँ उनले उच्चस्तरीय चिनियाँ अधिकारीहरूसँग छलफल गर्नेछन्। परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत छन्।

मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने कार्यक्रम छ। मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले विदाइ गरेका थिए । रासस

प्रकाशित: १५ असार २०७६ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App