७ वैशाख २०८१ शुक्रबार
समाज

मुगुमा ७५ प्रतिशत रोपाइँ

मुगु– हिमाली जिल्ला मुगुमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका अनुसार रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ७५ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको हो। जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ। 

अधिकांश पाखो जमिन भएकाले मुगुमा खासै रोपाई हुँदैन। सिँचाइ सुविधा भएका स्थानमा रोपाइँ धमाधम भइरहेको कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्रले जनाएको छ। मुगुमा जेठ महिनादेखि रोपाइँ सुरु भएको सम्पर्क केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख सुकीराम नेपालीले बताए। 

उनका अनुसार मुगु जिल्लाको ३ लाख १० हजार ३ सय १० हेक्टर जमिनमध्ये १९ हजार ३ सय ४० हेक्टर जमिन खेतीयोग्य भएको बताए। त्यसमध्ये १८ हजार ४ सय २१ हेक्टर जमिनमा खेती गरीएको बताउदै निमित्त प्रमुख नेपालीले सिँचाई योग्य जमिन १९ सय २९ हेक्टर क्षेत्रफलमा रहेको बताए।

मुगु जिल्लाको खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा ७० प्रतिशत रोपाई सकिएको बताए। अन्य गाउँपालिका सोरु र मुगुम कार्मारोङ्ग गाउँपालिकामा कति प्रतिशत रोपाई भयो भन्ने जानकारी प्राप्त नभएको प्रमुख नेपालीको भनाई छ। असारदेखि साउनको पहिलो सातासम्म रोपाइँका लागि उपयुक्त समय मानिने गरिएको कृषि ज्ञान केन्द्र मुगुले जनाएको छ।

सम्पर्क केन्द्रले ७५ प्रतिशत रोपाई सकिएको बताए पनि आकासे पानीको भरमा खेती गर्नुपर्ने अवस्थामा अहिलेसम्म पानी नपर्दा किसानहरुले खेत रोप्न सकेका छैनन। हरेक वर्ष असार १५ लाई धान दिवस मनाउनु पर्ने भए पनि यो वर्ष भने मुगुमा दिवसको  कुनै चहलपहल नै देखिएन्।

प्रकाशित: १५ असार २०७६ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App