coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘धर्तीमाता’ले दुर्व्यवहार गरेकी युवती सम्पर्कमा आइनन्

काठमाडौं – काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित ‘धर्तीमाता’को नाममा दुर्व्यवहार (कुटपिट)मा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ।

दुर्व्यवहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। 

‘युवती सम्पर्कमा आएको भए अर्कै मुद्दा चल्न सक्थ्यो, तर उनी नआएपछि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाएका छौं,’ उनले भने। उनका अनुसार अझै पनि युवतीको खोजी कार्य जारी रहेको र प्रहरीको सम्पर्कमा आए अर्को मुद्दा दर्ता हुन सक्ने उनको भनाइ छ।

यही असार ५ गते आफूलाई ‘धर्तीमाता’ बताउने कुँवरले उपचारका नाममा काठमाडौँमा एक युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने उनलाई काठमाडौँको बालाजुबाट तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो। उनले यसअघि पनि पटकपटक उपचारको नाममा दुर्व्यवहार गर्दै आएको जानकारीमा आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले कुँवरका विरुद्धमा विभिन्न ठाउँबाट गुनासो आइरहेको जानकारी दिँदै उजुरीका आधारमा अन्य मुद्दा पनि चल्न सक्ने बताए। रासस

प्रकाशित: १५ असार २०७६ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App