५ वैशाख २०८१ बुधबार
समाज

डेँगुको संक्रमणले झापामा एकको मृत्यु

दमक– झापाको कमल गाउँपालिका–४ का एक बालकको डेँगुको संक्रमणले मृत्यु भएको छ। स्थानीय फोनिक्स अंग्रेजी विद्यालयमा अध्ययन गर्ने वर्ष १४ का रिजेन राईको मृत्यु भएको हो।

परिवारिक स्रोतका अनुसार बुधबारदेखि उनलाई संक्रमणले बढी च्यापेको थियो। शुक्रबार दमकको अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लगिएको थियो। तर अस्पतालमा आइसियू नभएपछि विद्यार्थीलाई घरमै फर्काइएको विद्यालयका प्रिन्सीपल बधी साम्पाड राईले जानकारी दिए। उनले आइसीयूमा राख्न नपाएपछि विद्यार्थीलाई घरमै ल्याएको जानकारी दिए।

बच्चालाई असाध्यै च्यापेपछि भने धरानबाट विराटनगरतर्फ आइसियू भएको अस्पतालमा लैजाँदै गर्दा बाटैमा निधन भएको हो, पारिवारिक स्रोतले भन्यो।

‘उनलाई समयमा सल्लाह दिने मान्छे र पर्याप्त जानकारीसमेत नभएका कारणले अल्पआयुमै निधन भयो’ राईले भने, ‘बच्चा र उनकी आमा मात्रै थिए, अरुसँग पनि परामर्श हुन पाएन्। मृत्यु भएका राई मावलमा बस्दै आएका थिए। उनको बुबा वैदेशिक रोजगारीमा छन्। शवलाई उर्लाबारीको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

कमल गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले लक्षण अनुसार डेँगुकै संक्रमण देखिएको छ। तर विस्तृत रुपमा रिर्पोटको अध्ययन गरेपछि मात्रै थप बताउन सकिने उनले बताए। अहिलेको अवस्था अनुसार डेँगुकै कारण मृत्यु भएको हो। झापामा डेँगुको संक्रमण उच्च छ। लामखुटेको टोकाइबाट सर्ने यो संक्रमणले रोगप्रतिरोधात्मक शक्तिमा ह्रास ल्याउने गर्छ।

प्रकाशित: १५ असार २०७६ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App