coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

एक किसानको अनुभव : घर बनाएर सकिइसक्यो फाँट (भिडियो)

काठमाडौं- नेपाली समाजमा  असार १५ को विशेष महत्व छ। असार १५ लाई किसानहरुको दिनकोरुपमा लिने गरिन्छ। 'मानो छरेर मुरी उव्जाउने' दिनको रुपमा लिइन्छ।

तर पहिलेको जस्तो असार १५ को रौनक नरहेको बताउँछन् ललितपुर छम्पीका देवनाथ घिमिरे। एक रोपनीमा ९ मुरीसम्म धान फलाएको सम्झने उनी अहिले चार मुरी धान भित्र्याउन पनि मस्किल भएको बताउँछन्। 'धानखेतमा घर बनिसके, खै अव त भात खान पनि विदेशकै भर पर्नु पर्ने भयो', उनी भन्छन्, 'अली कुनाकाप्चामा घर बनाएर खेत जोगाए पनि हुने थियो।'

रासयनीक मल प्रयोग नगरी घरकै मल प्रयोग गर्दा कम उब्जनी भए पनि अहिले रासायनीकम मल प्रयोग गर्दा पनि उब्जनी बढाउन नसकिएको उनको अनुभव छ। रोपाइ गरिरहेको खेतको डिलमा बसेका उनी काम गर्ने जनशक्ति नपाउँदा खिन्न छन्। '१५ सयमा एक जना लाठे खोजेँ तर दुई नबज्दै हिँडिहाल्यो', उनको गुनासो छ, 'पैसा तिर्दा पनि काम गर्ने मान्छे पाउनै गाह्रो भयो।' खेती लगाउन पहिले भन्दा धेरै अप्ठेरो भइसकेको उनको भनाई छ।

उत्पादन भन्दा खेत रोप्ने खर्च धेरै हुन थालेको उनको अनुभव छ। 'हामी बुढा बुढी हुँदासम्म खेती र बस्तु चाहिए पनि हामी नभएपछि यो कसैलाई चाहिँदैन', उनी भन्छन्, 'घर बनाउँदै बेच्दै गर्छन्। घर बनाएर सकिइसक्यो फाँट।'

 

प्रकाशित: १५ असार २०७६ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App