coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दश लडाकू मारिए

गार्डेज– अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन्। देशको पाक्तीया प्रान्तमा पर्ने गार्डासिरा जिल्लामा भएको हवाई कारबाहीमा परी उनीहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ता सर्दार वली तबासमले आइतबार जानकारी दिए।

गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले शनिबार राती गार्डासिरा जिल्लाको सारखिलो क्षेत्रमा आक्रमण गरेका हुन्। घटनास्थलबाट सुरक्षाकर्मीहरुले केही हातहतियारहरु समेत बरामद गरेको प्रवक्ता तबासमले जानकारी दिए। उनका अनुसार स्थलगत रुपमा गएका सुरक्षाकर्मीहरुले अरु दश जनालाई गिरफ्तार पनि गरेका छन्। घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। रासस

प्रकाशित: १५ असार २०७६ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App