coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा दुर्घटना हुँदा दुईको मृत्यु, ६ गम्भीर घाइते

धादिङ – धादिङको बेनिघाटमा आइतबार बिहान बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा परी दुईजनाको मृत्यु भएकाे छ। यस्तै ३० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये ६ जना गम्भीर छन् ।

महादेवस्थान–८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुपक खड्काले जानकारी दिए। महिलाको नाम भने खुलेको छैन। घाइते १८ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएकाे छ । सातजनाकाे गजुरी अस्पतालमा र दुईजनाकाे चराैदी अस्पतालमा उपचार भइरहेकाे छ। तीनजना सामान्य उपचारपछि डिस्चार्ज भएकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौंबाट चितवनतर्फ आउँदै गरेकाे लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडाैं जाँदै गरेकाे बा ३ ख १००४ र बा २ ख ४५६७ नम्बरको माइक्रो पाैने ११ बजे राेराङ गाउँपालिका–७, कृष्णभीर भन्ने ठाउँमा एकआपसमा ठोक्किएको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हाे । बा ३ ख १००४ नम्बरका माइक्रो बस चालकलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित: १५ असार २०७६ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App