७ वैशाख २०८१ शुक्रबार
अर्थ

थाई एयर एसिया नेपाल आउन इच्छुक

काठमाडौं – एयर एसिया ग्रुपअन्तर्गतको वायुसेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौं गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ। थाई एयर एसियाले नेपाल उडान अनुमतिकालागि संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो।

बैंककाट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा जनाउँदै उक्त वायुसेवाले हालै निवेदन दिएको र सम्पूर्ण कागजात बारे अध्ययन भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले बताए। यो कम्पनीको मलेसियन वायुसेवा एयर एसिया एक्ससँगको सम्बन्ध, अन्तर्राष्ट्रिय उडानका मापदण्ड पूरा गरेको छ, छैन त्यसको विस्तृत अध्ययनपछि मात्र उडान अनुमति दिइने उनले बताए।

प्रारम्भिक काजजात बुझाएको छ। सबै प्रक्रिया पूरा गरेको भए दुई महिनाभित्र उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ। थाइल्यान्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज र निजी क्षेत्रको थाई लाइन एयरले बैंकक–काठमाडौंरुटमा सातामा समान सात उडान गर्दै आएका छन्। नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बैंकक सातमा तीन उडान गर्दै आएको छ।

अहिले नेपाल आउनचाहेको थाई एयर एसिया पनि निजी क्षेत्रको संयुक्त लगानीको कम्पनी हो। बैंकक मुख्यालय रहेको यो कम्पनी मलेसियाको एयर एसियाको ‘ज्वाइन्ट भेन्चर’ हो। यसको एयर एसिया एक्ससँगको सम्बन्धका बारेमा नेपालले अध्ययन गरिरहेको छ। एयर एसियाले क्यानलाई करोडौं बक्यौता नतिरी काठमाडौं उडान केहीमहिना अगाडि बन्द गरेको थियो।

प्राधिकरणको व्यवस्था बमोजिम नयाँ वायु सेवा प्रदायक कम्पनीले उडान अनुमतिकालागि बुझाउनु पर्ने सम्पूर्ण कागजात विस्तृत अध्ययन गरेपछि मात्र प्राधिकरणले उडान अनुमति दिन्छ। थाई एयर एशियाको मलेसियाको एयर एशिया एक्ससँगको सम्बन्ध भएनभएको पनि अध्ययन भइरहेको क्यानले जनाएको छ। यदि उक्तकम्पनी सँगको संयुक्त लगानी रहेमा एयर एशियाको बाँकी बक्यौता तिरिदिने सम्झौता भएको खण्डमा थाई एयर एशियालाई उडान अनुमतिदिन सकिने क्यानले जनाएको छ।

त्यति मात्र नभई थाई एयर एशियाको सञ्चालन, व्यवस्थापन सुरक्षा र नेपालको कानूनसँग सञ्चालन योग्य हुन्छ की हुँदैन यो सबै हेरेर मात्र उडान अनुमति पाउनेछ। कम्पनीका कागजात नेपाली पाइलट र इञ्जिनीयरले अध्ययन गरेर उडान योग्यभएको सिफारिस गरेपछि मात्रप्राधिकरणले अनुमतिदिने बताइएको छ।

नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनकालागि पनि थाई एयर एशियाले प्राधिकरणलाई पत्र पठाएको विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार थाई एयर एशियाले विमानस्थलको सुरक्षा मूल्याङ्कनकालागि पत्र पठाएको छ।

उक्तकम्पनीको टोलीले नेपालमा उडान गर्नुअघि विमानस्थलको सुरक्षा मूल्याङ्कनगर्न पाँच वटा पास पनि मागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल तीन नेपालीसहित २८ वायुसेवा प्रदायककम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।रासस

प्रकाशित: १५ असार २०७६ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App