८ वैशाख २०८१ शनिबार
राजनीति

उपप्रधानमन्त्री रायमाझीले भने, 'भगवानले सोचेका सबै कुरा पुर्‍याइदिए'

अर्घाखाँची-उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले  भगवानले आफूले सोँचेका सबै कुरा पुर्याइदिएको बताएका छन्। कम्युनिष्ट पार्टीले भौतिकवादमा  विश्वास गर्ने भएपनि उनले आफूलाई अध्यात्ममा विश्वास विश्वास लाग्ने बताए । अर्घा भगवति विमानस्थलको शिलन्यास गर्दै उपप्रधानमन्त्री रायमाझीले केन्द्रदेखि जिल्ला सम्मका सबै नेताले आफूलाई विश्वास गर्दा विकासका योजना पास गराउन सफल भएको बताए।
उपप्रधानमन्त्री रायमाझीको पहलमा विमानस्थल निर्माणको कामले थालनी पाएको छ । उनले चार वर्ष देखिको मेहेनतले सार्थकता पाएको भन्दै सबैको सहयोगबाट छिट्टै विमानस्थल निर्माण गर्नुपर्ने बताए। ‘विमानस्थल निर्माणको योजना पास गराउन आफै सामान्य कर्मचारी बनेर विभिन्न निकाय धाएँ’ उनले भने, ‘चार वर्ष सम्मको प्रयासले सार्थकता पायो, धेरै खुसी छु।’ उनले विमानस्थल निर्माण हुन नदिनका लागि ठूलै चलखेल भएको समेत बताए। ‘फाइल लुकाइलिने देखि अर्घाखाँचीमा विमानस्थल सम्भव छैन भन्ने खालका अभिव्यक्ति आए’ रायमाझीले भने, दुःख दिने खालका गतिविधि गरेपनि म कहिल्यै पनि थाकिन।’
उनले विमानस्थल निर्माण भएपछि जिल्लामा पर्यटन क्षेत्रले फड्को मार्ने बताए । उनले जिल्लाको नौमुरे जलविद्युत आयोजनाका लागि वजेट विनियोजन भएको भन्दै अब छिट्टै काम थालिने बताए । ‘अन्य ठूला आयोजनाका काम पनि दु्रत गतिमा हुँदै छन् उनले भने, ‘ उर्जा क्षेत्रमा प्रयाप्त वजेट विनियोजन गरिएकाले आयोजनाहरु सम्पन्न हुनेमा आशावादी छौं ।’ उनले एक वर्षमा आधारभूत, दुइवर्षमा पूर्ण रुपमा र दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गरिने बताए । उपप्रधानमन्त्री रायमाझीले सरकारले भारतसँग तिनसय मेगावाट विद्युत खरिद गर्न लागेको जानकारी दिए ।

नागरिक उड्यन प्राधिकरणका निर्देशक  धु्रवदास मोहिमोयाले वातवरिणय प्रभाव मूल्यांकनको फाइल स्वीकृत भइसकेकाले  विमानस्थल निर्माणको काम छिट्टै सुरु गरिने बताए।

 

प्रकाशित: १३ असार २०७३ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App