coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘यो कस्तो प्रेम’ सार्वजनिक

काठमाडौं - साहित्यकार एवं लेखक मुकुन्द न्यौपानेद्वारा लिखित नयाँ कृति ‘यो कस्तो प्रेम’ नामक लघुकथा सङ्ग्रह सार्वजनिक भएको छ । लघुकथामा उनले भोगेको जीवन र जगतबाट बटुलेका अनुभवका सटिक अभिव्यक्तिलाई प्रस्तुत गरिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालको २० औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायधिश खिलराज रेग्मीले पुस्तक सार्वजनिक गरे । उनले नेपाली भाषा साहित्यले जनजागरण ल्याउनमा महत्वपूर्ण भुमिका खेल्छ भन्ने आफूलाई विश्वास लागेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले साहित्यले मानिसको अन्तस्करणमा सकारात्मक परिवर्तन ल्याएर राष्ट्रलाई सबल बनाउन मद्दत गर्ने काम गर्दैै आएको बताए । साहित्यकार न्यौपानेले आफूले २०७५ सालमा ‘मनको आँखा’ प्रकाशन गरेको र अहिले २०७६ मा ‘यो कस्तो प्रेम’ प्रकाशन गरेको जनाए ।

उनले हाइकुसङ्ग्रह पछि लघुकथा सङ्ग्रह प्रकाशित गरेका हुन् । उमेरले ७३ काटिसके पनि न्यौपाने अझै पनि साहित्यमा क्रियाशिल छन् । ‘हिँडेर नै कार्यक्रममा उपस्थित हुन्छु । अझै दुईचारवटा पुस्तक निकाल्ने योजना छ’, उनले भने, ‘सरकारले दिएको वृद्धभत्ताले नै आफ्ना चाहना पुरा गरिरहेको छ ।’ उनको साहित्यिक यात्रा बालबालिका तथा युवापुस्ताहरूमा आधारित छ । पुस्तकमा सृष्टिका चार युगदेखि प्रेमसम्म गरेर ५० वटा लघुकथाहरू छन् ।

लेखक न्यौपाने लामो समयदेखि साहित्यक क्षेत्रमा काम गरेर अनुभव बटुलेका व्यÏि हुन् । उनले २०६८ मा ‘भाव’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए । त्यस्तै २०६९ सालमा ‘चेतना’ आध्यात्मिक सङ्ग्रह, २०७० सालमा ‘खण्डितस्वप्न’ कविता सङ्ग्रह, २०७४ सालमा ‘ईश्वर छैन’ कविता सङ्ग्रह, २०७५ सालमा ‘मनको आँखा’ प्रकाशित छ ।

 

प्रकाशित: १५ असार २०७६ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App