पुष्प व्यवसायमा रमाउँदै किसान

आइतबार, १५ असार २०७६, ०९ : १९ भगवती लामा

नुवाकोट – नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे। त्यसलाई बजार व्यवस्थापन गर्न समस्या भएपछि उनी २०७१ देखि फूल खेतीलाई निरन्तरता दिइरहेका छन्। लगानी र परिश्रम कम भए पनि उत्पादन बढी भएर फूल खेतीले आकर्षित गरेको लामिछानेले बताए। ‘तरकारी उत्पादन ग-यो बजारकै समस्या। कति कुहिएर जाने, भनेको मूल्य कहिल्यै नपाइने,’ उनले भने, ‘फूल खेतीबाट घाटा बेहोर्नु परेको छैन। धानले दिने उत्पादनलाई जितिरहेको छ।’

बजार राम्रोसँग बुझिनसक्दा  लामिछानेले परीक्षणका लागि चार आना जग्गामा सयपत्री फूल लगाउँदा खर्च कटाएर ११ हजार रुपैयाँ नाफा कमाए। अर्को वर्ष त्यति नै जग्गामा फूल लगाउँदा १८ हजार रुपैयाँ जोगाए। अहिले दुई रोपनी जमिनबाट फूल उत्पादन गर्दा बजारको समस्या खासै नरहेको उनले बताए। ‘एक रोपनी जग्गामा १४ सय फूलको बिरुवा लाग्छ। १२ सयजति बेचेर उत्पादन दिन्छ। एउटा माला बनाउन ४० थुंगाले पुग्छ। प्रतिमाला ५० रुपैयाँसम्म बिक्री भइरहेको छ,’ उनले भने, ‘विदेशी फूलको मालासँग प्रतिस्पर्धा गरेर व्यवसायलाई अघि बढाइरहेको छु।’

नेपालमा फूलको मौसमको रुपमा तिहार पर्वको समयलाई लिने गरिन्छ। अन्य मौसममा फूलको माला देख्न मुस्किल नै हुन्थ्यो तर, अहिले कुनै सभासमारोह भयो भने अतिथि सत्कारका लागि  फूलको मालाको प्रयोग बढी देख्न सकिन्छ। स्थानीय स्तरमा नै मालाको माग बढी हुने गरेको लामिछानेले बताए। ‘फूल व्यवसाय प्रवद्र्धन गर्न स्थानीय सरकारले बजार खोजिरहेको छ। कुनै कार्यक्रम हुँदैछ भने गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुखलगायतले यहाँ उत्पादन भइरहेको फूलको कुरा गर्नुहुँदो रहेछ। यसले स्थानीय स्तरमा मालाको माग बढेको छ,’ उनले भने, ‘माला बनाउन परिवारले भ्याएन भने प्रतिगोटा मालाको पाँच रुपैयाँ दिएर खेतला लगाउछौं। सम्बन्धित ठाउँमा आफैं पु-याउँछु। बिचौलियाको भर पर्नु परेको छैन।’

बानियाँटारमा उत्पादन भएको माला नुवाकोटको सबै स्थानीय तहसहित धादिङ र रसुवासम्म मात्र नभई अर्घाखाचीसम्म पुगिसकेको छ। स्थानीय जातको फूलबाट उत्पादन कम हुने भएर दार्जलिङबाट फूलको बिउ प्रतिकिलो २५ हजार रुपैयाँमा लामिछानेले ल्याउने गरेका छन्। बिउ उमारेर प्रतिगोटा चार रुपैयाँका दरले फूल खेती गर्न इच्छुकलाई प्रदान गरिरहेको उनले बताए। यो वर्ष त्यस भेगमा सात रोपनी जग्गामा फूल खेती भइरहेको छ। पुष्प व्यवसायीको समिति नै बनाएर अर्को वर्ष १४ रोपनी जमिनमा फूल खेती गर्ने योजना रहेको लामिछानेले बताए।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad