बलात्कार घटना दबाउन पञ्चायती

आइतबार, १५ असार २०७६, ०९ : ०७ रितेश त्रिपाठी

वीरगन्ज - स्थानीय ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२७, उदयपुर–घुर्मीका २० वर्षीय राकेश यादवलाई खोजी गरिरहेको छ।

गत बुधवार राति दिसा गर्न घरबाहिर निस्केकी ती बालिकालाई सलले मुख छोपी एकान्तमा लगी बलात्कार गरेको उजुरी परेपछि यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्तराम शर्माले बताए। यादवले सुरुमा जन्ती हेर्न निस्केको बेला बालिकालाई जिस्काएको र पछि मौका छोपेर जबर्जस्ती करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ।

प्रहरीले पीडित बालिका तथा उनका परिवारजनको बयान र लिखित उजुरीका आधारमा अनुसन्धान अघि बढाएको छ। पीडित बालिकालाई नारायणी अस्पतालमा ‘मेडिकल’ जाँच गराएर परिवारको जिम्मा लगाएको छ। घटना प्रहरीमा पुग्नुअघि गाउँमै पञ्चायती गरी मिलापत्र गर्न दबाब दिइएको पीडित परिवारले बताएको छ। गाउँलेको प्रलोभन र प्रभावमा परी परिवारले पीडित बालिकालाई मामाघर पु¥याएका थिए। घटनापछि गाउँमैं बसेर पञ्चायती गरी मिलापत्र गराउन र घटना गोप्य राख्नमा सक्रियता देखाएको आरोपमा स्थानीय शिक्षक साहेब यादवलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो।

शिक्षक यादवलाई तारेखमा रिहा गरिएको पर्सा प्रहरीले जनाएको छ। ‘जबरजस्ती करणीको घटना संवेदनशील हो, यसमा अनुसन्धान भइरहेको छ,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘आरोपीलाई पक्राउ गर्ने प्रयासमा छौं।’

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad