८ वैशाख २०८१ शनिबार
राजनीति

मुखर्जीको नेपाल भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ रंग आउँछः राजदूत राय

काठमाडौं– नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पर्सि बुधबारबाट हुने भएको भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग ल्याउने बताएका छन् ।

रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग कुराकानीमा राजदूत रायले भने, “उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग भरिन्छ, यसको साथै दोस्ती प्रगाढ बन्छ।” उनले भारतीय राष्ट्र«पति मुखर्जीको यो भ्रमणलाई दुवै पक्षले उतिकै महत्व दिएको समेत बताए।

राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुवै तर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमणहरु भैरहेको भन्दै १८ वर्षपछि हुन गइरहेको भारतीय राष्ट्र«पतिको नेपाल भ्रमणले द्विपक्षीय सामाजिक, साँस्कृतिक र आर्थिक सम्बन्धनलाई अझै मजबुत बनाउने विश्वास दिलाए। उनले अघि भने, ‘पछिल्लो समय दुवै पक्षबाट प्रधानमन्त्रीस्तर र विदेशमन्त्री स्तरबाट द्विपक्षीय भ्रमणहरु भैरहेका छन्, यो अत्यन्तै सकारात्मक कुरा हो।’

उनले राष्ट्र«पति मुखर्जीको नेपाल भ्रमणको तयारी पूरा भैसकेको समेत जनाए । राष्ट्र«पति मुखर्जीको  पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको समेत उनले जनाए । उनले भने, “उहाँ काठमाडौं, जनकपुर र पोखरा जाने कार्यक्रम पनि छ, भ्रमणको सम्पूर्ण तयारी पूरा भैसकेको छ।”

कार्यक्रममा राजदूत रायले सम्पूर्ण नेपालीहरुलाई दिपावलीको शुभकामना समेत दिए । उनले अघि थपे, “सबै नेपालीहरुमा सुख, शान्ति, समृद्धि होस, नेपाल–भारतवीचको निकटता अझै बढोस्, हामीबीचको मित्रता अझै प्रगाढता होस्।”

उनले नेपाल र भारतवीच सामाजिक, साँस्कृतिक र धार्मिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै प्रगाढ हुनुपर्नेमा जोड दिए ।
 

प्रकाशित: १५ कार्तिक २०७३ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App