७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओली–प्रचण्डलाई त्रिपाठीले भनेः ठूलो भएपछि यसको क्षेत्रफल नै थाहा नभएजस्तो गर्नुभयो

काठमाडौं– नेकपाका नेता हृदयेश त्रिपाठीले सरकारको सफलता र विफलता राजनीतिक कोर्षसंग जोडिएकाले त्यस तर्फ गम्भीर बन्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्। 

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता हृदयेश त्रिपाठीले कम्युनिस्टको सिद्धान्त अनुसार सरकार चल्न नसक्दा जनमत गुम्दै जाने खतरा रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। पार्टी एकीकरण पछि नेताहरुले ‘ठूलो भएपछि यसको क्षेत्रफल नै थाहा नभएजस्तो’ गरेर अलमलमा परेको टिप्पणी गरे। मधेस र थारु समुदायप्रति सरकारले अझै पनि विभेदकारी नीति राखेको आरोप लगाए। उनले संसदीय निर्वाचनमा निर्णय बनेको मधेसी र थारु समुदायको विश्वास जित्न नसके सरकार असफल हुने दाबी गरे। उनले पार्टी र सरकारको सफलता र असफलतामा मात्रै प्रश्न नभई सिस्टम नै परिर्वतन हुन सक्ने भन्दै राजनीतिक कोर्ष नै अन्यत्र जान सक्ने खतरा औल्याए।

उनले भने, ‘नेकपा अझै पनि लोकप्रिय हुन सकेको छैन मधेसी जनतामा। थारु जनतामा तपाईहरुलाई भन्छन् भने प्रमोटेड नेताहरुले भनेर केही हुँदैन। एउटा आन्दोलनका क्रममा प्रोमोटेट भए होलान् त्यो बेलामा। अझै यो हाम्रो पार्टी भनेर विश्वास हुन सकेको छैन। त्यो अनुसारको नीति सिद्धान्त कार्यक्रम र व्यवहार हुन सकेको छैन। सम्झनुहोस् तपाईहरुले। ५९ सिट यस्ता छन् जहाँ थारु र मधेधी यात निर्णायक छन्। या त उनको बेगर रिजल्ट उल्टो हुनेवाला छ। तीनलाई छोडेर आगामी तपाईका यात्रा कम्प्लिट हुँदैनन्। राजमार्गमा जाँदा जाँदा बाम आन्दोलनको फुर्तीफार्ति त्यहीसम्म रहने, दक्षिण जान नसक्ने कारण के हो?’

एकपटक जनमतले अविश्वास गरिसकेपछि फेरि जनमत श्रृजना गर्न कठिन हुने भन्दै उनले अब कुनै पनि राजनीतिक बुख्याँचाले जनतालाई छल गर्न नसकिने तर्क गरे।  

प्रकाशित: १४ असार २०७६ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App