coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

विराटनगर– मोरङको सुनवर्षी ९ स्थित मस्जिदको शौचालयको निर्माणाधिन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। निर्माणाधिन सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसास्सिएर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धनश्याम श्रेष्ठका अनुसार निसास्सिएर मृत्यु हुनेमा सुनवर्षी ९ का ४५ वर्षिय मो कपिल आलम, २५ वर्षका सहनवाद आलम, २२ वर्षका  मो वसिव आलम र २० वर्षका मो फिरोज आलम छन्। निसास्सिएका मध्ये एक जनाको मोरङको रंगेली अस्पतालमा उपचार भइहेको छ। 

निर्माणाधिन सेफ्टी ट्यांकी धेरै दिनदेखि बन्द रहेका कारण ट्यांकीको ढलान गरेको सेटिङ खोल्न गएकाहरूको अक्सिजनको कमीले मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ। सेफ्टी ट्यांकीभित्र छिरेकाहरू धमाधम बेहोस भएपछि उनिहरूको उद्दार गरि रंगेली अस्पताल पु-याइएको थियो। रंगेली अस्पतालले रिफर गरेपछि उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याउ“दै गर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

बेहोस अवस्थामा उद्दार गरिएका ५ मध्येका ४० वर्षिय दाउद मिया“को रंगेली अस्पतालमा उपचार भइरहेका डिएसपी श्रेष्ठले जानकारी दिए। सेफ्टी ट्यांकिमा छिरेकाहरू वेहोस भएको सूचना पाएलगत्तै पुगेको प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी अस्पताल पु¥याएको श्रेष्ठले बताए। घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानएको छ। 

प्रकाशित: १४ असार २०७६ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App