६ वैशाख २०८१ बिहीबार
भिडियो

असारभित्रै पार्टी एकीकरणको काम सकिन्छः ओली

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन्। मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतामा केही अलमल भए पनि निराश हुने अवस्था नरहेको बताएका हुन्।

एकतामा भएको ढिलाइबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षको समाप्तीसँगै एकीकरणका काम पनि पूरा हुने बताए।

उनले सरकारले राम्रो काम गर्दै आएको र आगामी आर्थिक वर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे। आफूहरूले सरकारमाथि जबर्जस्ती विश्वास गर नभन्ने भन्दै उनले सरकारले गरेका कामहरूको मूल्यांकन गर्न आग्रह गरे।

प्रकाशित: १४ असार २०७६ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App