शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्वारा स्वागत

शनिबार, १४ असार २०७६, १५ : ५६ नागरिक

प्योङ्याङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गरेका छन्। उनले अर्थपूर्ण र उपलब्धीमुलक हुने भए शिखर बैठक बस्न उत्तर कोरिया तयार रहेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार विहान ट्वीट गर्दै दक्षिण कोरिया भ्रमणमा आएका बेला उत्तर कोरियाका नेता किम जोङ अनसँग भेटवार्ता गर्न चाहेको उल्लेख गरेको केही घण्टामै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो। राष्ट्रपति ट्रम्प शनिबार बेलुका दुई दिने भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सोल आउने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन्।

उनी जापानको ओसाकामा भइरहेको जि २० शिखर सम्मेलनमा सहभागी भएर त्यतैबाट दक्षिण कोरिया आउन लागेका हुन। उनले आइतबार उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने विभिन्न ठाउँहरुको भ्रमण गर्ने तय भइसकेको जनाइएको छ।

दक्षिण कोरियाका प्रथम उप विदेश मन्त्री चोएले अमेरिकाको तर्फबाट वार्ताका लागि औपचारिक प्रस्ताव भने आइनसकेको स्पष्ट पारे। गत बर्ष किम र ट्रम्पबीच दुई ओटा शिखर बैठक भएको थियो। तर बैठकमा भएका सहमति कार्यान्वयन नभएपछि दुवै पक्षले एक अर्कालाई दोषारोपण गर्दै आपसी सम्वन्ध विग्रिएको थियो।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad