८ वैशाख २०८१ शनिबार
समाज

डुबेर एकको मृत्यु

गुल्मी – माछा मार्ने क्रममा खोलामा डुबेर एकको ज्यान गएको छ। छल्दि पनाहमा माछा मार्ने क्रममा इस्मा गाउँपालिका–६, गुल्मका अन्दाजी ३५ वर्षीय होमबहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आज बिहान करिब ९ बजेतिर खोलामा डुबेका होमबहादुरको शव साढे १२ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असार २०७६ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App