७ वैशाख २०८१ शुक्रबार
राजनीति

'संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति'

काठमाडौं—नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।

जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराएको हो।

शुभदिपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाली समाजका बाधा व्यवधान पार गर्दै सम्पूर्ण नेपालीको खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ।

 

प्रकाशित: १५ कार्तिक २०७३ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App