काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले नेपालमा आयोजना हुन लागेको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफां) प्रति सामाजिक संजालमार्फत आपत्ति जनाएका छन्। प्रदेश ७ का इन्चार्जसमेत रहेका रावलले सरकार आयोजक भएर गर्न लागेकोमा सामाजिक संजाल ट्वीट मार्फत घुमाउराे शैलीमा असन्तुष्टिसमेत ब्यक्त गरेका छन्।
ट्विट गर्दैं रावल लेख्छन्, ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला, नेकपा स्थायी समितिको बैठक भए जन्न पाइन्थ्यो की’ नेपाल सरकारको एक अर्ब लगानी हुने भन्दै उनले उक्त कार्यक्रमप्रति आश्चर्य पनि व्यक्त गरेका छन्।
उक्त कार्यक्रमको लागि सरकारले आगन्तुकको आवातजावत र बसाइ गरी १ अर्बभन्दा बढी सरकारी ढुकुटी खर्च गर्ने योजना बनाएपछि आलोचना भइरहेको छ। भारतमा निजी तवरमा हुने कार्यक्रमलाई सरकारलेअगस्टको अन्तिम साता काठमाडौंमा आयोजना गर्दैछ।
प्रकाशित: १४ असार २०७६ ०६:२७ शनिबार