७ वैशाख २०८१ शुक्रबार
समाज

बोलेरो दुर्घटनमा एकको मृत्यु, वडाध्यक्ष घाइते

रामेछाप - जिल्लाको लिखु तामाकोशी गाउपालिका वडा नं १ दुरागाउमा शनिबार विहान बोलेरो दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन । बोलेरो दुर्घटनामा बोलेरो चालक क्याल्बु तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा सोही वडाका वडाध्यक्ष निङ्मार तामाङ घाइते बनेका छ ।

शनिबार विहान दुरागाउबाट साब्रा जानेक्रममा ना ४ च ६२०५ नं को बोलेरो लिखु तामाकोशी गाउपालिका वडा नं १ को तेर्से भन्ने स्थानमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीयका अनुसार सडकको घुम्तीमा गाडि अनियन्त्रित भइ दुर्घटना हुने अवस्था भएपछि बोलेरो चालक र वडाध्यक्ष झ्याल खोलेर बाहिर हाम्फालेका थिए ।

बोलेरोका चालक हाम्फाले पट्टि नै बोलेरो पल्टिएर किच्दा चालको मृत्यु भएको हो । घाइते वडाध्यक्षलाई उपचारका लागि सदरमुकाम मन्थली तर्फ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । गाडी मृतक चालकको आफ्नै भएको प्रहरीले जनाएको छ । गाडीमा २ जनामात्र सवार रहेको र घटनाका बारेमा थप जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १४ असार २०७६ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App