आँप उत्पादनमा कमी

शनिबार, १४ असार २०७६, ०९ : ३० नागरिक

लहान – सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ। उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको  प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।

सिरहामा यस वर्ष पाँच हजार एक सय ७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार सात सय ५५ मेट्रिक टन मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगीरथ यादवले जानकारी दिए। कूल पाँच हजार  सात सय ५५ हेक्टरमा आँप फल्ने जग्गा रहेको जिल्लामा गत वर्ष पाँच हजार एक सय ७० हजार हेक्टरमा प्रतिहेक्टर चार दशमलव पाँच प्रतिशतका दरले २३ हजार दुई सय ६५ मेट्रिक टन आँप उत्पादन भएको थियो।

यस्तै सप्तरीमा समेत यस वर्ष आँप उत्पादन ह्वात्तै घटेको छ। यहाँ कूल पाँच हजार हेक्टरमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन आँप उत्पादन भएको यादव बताउँछन्। गत वर्ष सप्तरीमा प्रतिहेक्टर आठ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत आँपको पकेट क्षेत्र हुन्। 

आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिनापानी र मधुवा किराले क्षति पु-याएको बागवानी अधिकृत यादवले बताए। सिरहा र सप्तरीको बजारमा माल्दा आँप प्रतिकिलो रु १००, बम्बई आँप रु १२०, सरही आँप रु ८० तथा अन्य आँप प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ। गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको थियो। शुरुआतमै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन्।रासस





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad