coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इथियोपियामा असफल ‘कु’ प्रयासपछि २५० भन्दा बढी गिरफ्तार

अदिस अबाबा- इथियोपियाका सुरक्षाकर्मीहरुले झण्डै २५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन्। उच्च तहका पाँच सुरक्षा अधिकारीहरुको हत्या भएपछि ‘कु’को खतरा रहेको आशङ्का चलिरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो।

राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कताको व्यवस्था गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।

गत हप्ताको अन्त्यमा सेना प्रमुख, एक जना अवकास प्राप्त जनरल र अर्का तीन जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो।

विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको जनाएका छन्।

सुरक्षा तथा न्यायिक कार्यदलले अम्हारा क्षेत्रबाट मात्रै २१२ जनालाई गिरफ्तार गरेको जनाएको छ भने अदिस अबाबाबाट ४३ जनालाई गिरफ्तार गरिएको बताएको छ। कार्यदलको तर्फबाट बिहीबार जारी वक्तव्यमा सुरक्षाकर्मीहरुले दुई ठूला मेसिनगन र २७ स्वचालित राईफल पनि बरामद गरेको उल्लेख छ। कार्यदलले हालै भएका दुई आक्रमणका घटनाका बारेमा अहिले पनि विस्तृतमा अध्ययन भइरहेको जनाएको छ। एएफपी

प्रकाशित: १३ असार २०७६ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App