coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाको महाधिवेशनले मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछः ज्ञवाली

काठमाडाैं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन्। मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको  गोष्ठीमा उहाँले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताएका हुन्।

नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले नेकपामा कुनै समस्या नआउने बताए । उनले पार्टीमा कुनै वैचारिक अन्योलता नरहेको जिकिर गर्दै कम्युनिष्ट अन्दोलनका विषयमा कुनै प्रश्न आएमा उत्तर खोज्न तयार रहनुपर्ने बताए।

उनले मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तका कारण सङ्कटमा पर्दै गइरहेको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन सकेको बताए। “मदन भण्डारीले अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औँँल्याउन सफल हुनुभयो”, उनले भने “माक्र्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दियो ।” नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका ज्ञवालीले भण्डारीकै नीति र सिद्धान्त अवलम्बन गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियता उच्च रहेको बताए।

“बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाका कारण आज नेपालमा दुई तिहाइको कम्युष्टि सरकार निर्माण भएको छ”, उनले भने “क्रान्ति र हिंसा कम्युनिष्ट पार्टीको पर्यावाची शब्द हुन नसक्ने कुरामा भण्डारी सधैँ दृढ रहनुभयो ।” शान्तिपूर्ण राजनीतिक प्रणालीलाई अवलम्बन गरेकै कारण देश कम्युनिष्टमय बनी दुई तिहाइको सरकार निर्माण भएको उनले बताए। उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भई एउटै विशाल पार्टी बन्नुमा पनि  भण्डारीको सिद्धान्तले काम गरेको बताए। उनले अब बन्ने समाजवाद नेपालको परिवेश अनुकूल लोकतान्त्रिक विशेषतायुक्त हुने बताए। रासस

प्रकाशित: १३ असार २०७६ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App