७ वैशाख २०८१ शुक्रबार
समाज

उच्च माबि सञ्चालनका लागि देउसीभैलीबाट ११ लाख संकलन

खोटाङ– उच्च माबि सञ्चालनकालागि खोटाङको श्रीमाबि बाँसबोटे लफ्याङले देउसीभैलीबाट ११ लाख भन्दा बढि रकम संकलन गरेको छ । उच्च माबि सञ्चालनार्थ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको देउसीभैलीकाक्रममा ११ लाख ४३ हजार रकम संकलन गरेको हो ।

२०१७ सालमा स्थापना गरिएको विद्यालयमा उच्च माबि सञ्चालनकालागि आर्थिक श्रोत जुटाउन तिहारको अवशरमा देउसीभैली कार्यक्रम गरिएको विद्यालयका प्रअ केशर राईले बताए । आफ्नो गाउँको विद्यालयमा उच्च माबि सञ्चालनकालागि अभिभाबकले सुर्योदय क्लवको कार्यालयबाट देउसीभैली सुरु गरेका थिए । केही वर्षअघि देखि नै उच्च माबि सञ्चालनकालागि कस्सिएका अभिभाबक आर्थिक अभावमा सफल हुन सकेका थिएनन् । निरन्तर ६ दिन सञ्चालन गरिएको देउसीभैली आइतबार सदरमुकाम दिक्तेलमा टुंग्याइएको व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले जनाए ।

यस्तै, विपन्न तथा जेहेन्दार दलित बालबालिकाको सहयोगार्थ खोटाङ दलित बिकास मञ्चले १ लाख ७ हजार ५७५ रुपैयाँ रकम संकलन गरेको छ । गत मंगलबार खाल्लेबाट अभियान थालेको मञ्चले बुधबार बाम्राङमा, बिहिबार नेर्पा र शुक्रबार दिक्तेलमा शुभकामना आदान प्रदाकासाथमा देउसीभैली कार्यक्रम गरेको थियो । संकलित रकम आर्थिक अभाव झेलीरहेका गरिब तथा जेहेन्दार दलित बिद्यार्थीलाई छनौट गरेर प्रदान गरिने मञ्चका अध्यक्ष मिलन चाहारले बताए ।

प्रकाशित: १५ कार्तिक २०७३ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App