५ वैशाख २०८१ बुधबार
कला

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

  काठमाडौं- सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ।
    गायक, रचनाकार तथा संगीतकार समेत रहेका पाठकको स्मृतिमा सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृति अक्षय कोषको स्थापना गरिएको हो। स्वर्गिय पाठकका एकै व्याचका सशस्त्र प्रहरी निरीक्षकहरुले सामूहिकरुपमा रकम संकलन गरि डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको सोहि व्याचका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
     सो संगीत कोषमा रहेको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी बलको नेपाल एपीएफ स्कूलमा संगीततर्फ प्रथम हुने एक जना छात्र/छात्रालाई सो पुरस्कार प्रदान गरिने जनाइएको छ। साथै यो कोषको सम्पूर्ण रेखदेख सशस्त्र प्रहरी परिवार महिला संघले गर्ने र संघको वार्षिकोत्सवमा सो पुरस्कार प्रदान गरिने छ।
    २०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका स्व. पाठकका ‘पन्छी’ र ‘निन्द्रा लाग्दैन’ गरी २ वटा एल्बम बजारमा आइसकेका थिए।
    सशस्त्र प्रहरी निरीक्षक स्व. पाठकको कर्तव्य पालनको शिलशिलामा गत चैत्र २८ गते धादिङको मलेखुमा मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो।

 

प्रकाशित: १३ असार २०७३ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App