७ वैशाख २०८१ शुक्रबार
राजनीति

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगियोसः पूर्वराष्ट्रपति यादव

रुपन्देही– पूर्वराष्ट्रपति डा. रामवरण यादवले शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न आग्रह गरेका छन्। उनले शान्ति प्रकृयाका अझै पुरा नभएको भन्दै शान्ति प्रक्रियालाई पुरा गर्न सरकारलाई झकझकाउनुपर्नेमा जोड दिए।

उनले शान्तिपूर्ण रुपमा परिवर्तन गर्न सफल भएपनि शान्तिप्रक्रियाका कामलाई भने पूरा गर्न नसकेकाले सरकारलाई दबाब दिन पत्रकारहरुलाई आग्रह गरे। नेपाल पत्रकार महासंघको दलित पत्रकार राष्ट्रिय सम्मेलनका लागि पाल्पा आएका पूर्वराष्ट्रपती यादवसँग प्रेस यूनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन। उनले संविधानको कार्यान्वयन गरेर देशलाई अगाडि बढाउनु नै सबैको हितमा हुने बताए।

संविधानको मर्म अनुसार कार्यान्वयन हुनुपर्ने भन्दै देश विकास र समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताए उनले संविधान जारी भई ३ तहको निर्वाचन पश्चात मूलुक स्थायीत्वमा अघि बढेको बताए। उनले यहि संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिने बताए।

पूर्वराष्टपति डा. यादवले लामो संघर्ष र आन्दोलनबाट नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी काम पनि छिटो पुरा गर्नु पर्ने बताए। उनले सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न अव ढिला गर्न नहुने उनको धारणा छ।

नेपालले धेरै अन्तराष्ट्रिय शान्ति संझौतामा हस्ताक्षर गरेकाले अन्तराष्ट्रिय क्षेत्रमा लगेर कसैले  दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाका काम टुग्याउन सरकारले बिशेष ध्यान दिनुपर्ने बताए। यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने बताए। देशमा सबै नेपाली एक भएर बांच्न पाउनुपर्ने उनको धारणा छ। सरकारले विप्लवलाइ सहमतिमा ल्याउन बार्ता गर्नुपर्ने बताए।

उनले पर्यावरण बिग्रदो अवस्था प्रति चिन्ता गर्दै प्राण भन्दा प्यारो पर्यावरणलाई जोगाउनु पर्ने बताए । उनले जल, जमिन र जंगल बचाउनु पर्ने बताए।

प्रकाशित: १३ असार २०७६ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App