४ वैशाख २०८१ मंगलबार
समाज

दुई वर्षीय बालक मृत भेटिए

संखुवासभा- मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन्।

छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार जानुभएको थियो। राति फर्कदा घरमा छोराछोरी नदेखेपछि खोजतलास गर्दा घरनजिकैको बेतला खोला  किनारामा छोरी जिउँदै फेला परेकी थिइन् भने छोरा बिहीबार मृत भेटिएका थिए।  घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली आज घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १३ असार २०७६ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App