विराटनगर- प्रदेश नं १ काे मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेकाे छ। शुक्रबार बसेकाे मुख्ममन्त्री तथा मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री शेरधन राई अमेरिका जान स्वीकृत दिएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
मुख्यमन्त्री राई यही असार २०, २१ र २२ अमेरिकाको बाल्टिमोरमा हुने ‘नेप्लिज एशोसिएशन इन अमेरिकाको नेशनल कन्फरेन्स’मा प्रमुख अतिथिका रुपमा सहभागी हुने यही असार १६ गते प्रस्थान हुने तथा असार २५ गते फर्कने कार्यक्रम रहेको छ।
बैठकले प्रदेश सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिरकण विधेयक–२०७६, प्रदेश लोक सेवा आयोग विधेयक–२०७६, प्रदेश जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक–२०७६ र प्रदेश स्वायत्त सङ्घसंस्था गठन विधेयक–२०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ।
यसैगरी ‘समिटर समिट’ आयोजना गर्ने सम्बन्धमा औपचारिक प्रक्रिया अघि बढाउनका लागि मुख्यमन्त्रीको नेतृत्वमा तयारी समिति गठन गर्ने तथा मोरङको कटहरी गाउँपालिकास्थित फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावली–२०७६ स्वीकृति गर्ने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिए।
बैठकले एक महीनाअघि पाँचथर जिल्लामा भएको दुःखद् हत्याकाण्डमा बच्न सफल भएकी किशोरी सीता खजुमको उपचारमा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णयअनुसार हालसम्म प्राप्त भएको बिल रु ६९ हजार ३१४ प्रदेश सरकारले भुक्तानी गर्ने निर्णय गरिएको छ। यस्तै सगरमाथा टिन्स क्लब (एसटिसी) हरेक विद्यालयमा सञ्चालन गर्ने गरी आवश्यकपर्ने कार्यविधि–२०७६ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रवक्ता मन्त्री कार्कीले जानकारी गराएका छन्। रासस
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत