७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजदूतले भने– ‘हार्ने खेल खेलेर न भारतलाई फाइदा छ न नेपाललार्इ'

काठमाडौं– भारतका लागि नवनियुक्त नेपाली राजदुत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाइमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन्। रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले भने यस्तो बताएका हुन्।

‘नेपाललाई गहिराइका साथमा चिन्ने मित्रराष्ट्र भारतमा नेताहरु पनि थोरै हुँदै जानुभएको छ, त्यसमध्ये उहाँ एक अग्रणी व्यक्ति हो, मलाई आज अपार खुशी लागकेको छ, उहाँको भ्रमणले नेपालको कुटनीतिलाई थप उचाइमा पुरयाउन मद्दत पुग्छ, हामीले नेपाली जनताहरुको पनि उत्साह देखेका छौं, यो एकदमै राम्रो कुरा हो,’ उनले भने।

राजदूत उपाध्यायले सानातिना कुराहरुलाई हामीले अगाडि ल्याउनेभन्दा पनि आगामी दिनमा नेपाललाई कसरी फाईदा पुग्छ भन्ने कुरामा आफूहरुले ध्यान दिनुपर्ने बताए। उनले अघि थपे, ‘द्विपक्षीय उच्च भ्रमणले सम्बन्ध प्रगाढ बनाउँछ, हाम्रो पनि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा छिट्टै जाँदै हुनुहुन्छ, यसले गर्दा द्धिपक्षीय नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ बन्छ ।’
उनले संविधान कार्यान्वयनमार्फत नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मुल एजेण्डामा अघि बढ्नको

लागि मित्रराष्ट्र भारतको अत्यन्तै आत्मिक सहयोगको आवश्यकत्ता रहेको समेत औंल्याए । उनले अघि थपे, ‘त्यो भनेको हामीले शान्त, मर्यादित र परिणामुखी कुटनीतिबाट त्यसलाई अगाडि बढाउनुपर्छ, यसको लागि मेरो भरमग्दुर प्रयास रहनेछ।’

उपाध्यायले थपे, ‘नेपाली जनताको स्वार्थ र नेपाल राष्ट्रको स्वार्थ र हाम्रो सार्वभौमिकतामा कतैबाट कुनै पनि किसिमको आँच आउन निदइकन हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई सर्वोपरि मानेर जाने बारेमा मैले मेरो आफ्नो तहबाट, हुन त गर्ने भनेको त सरकारले हो तर मैले राजदूत भएको नाताले सहजीकरण गर्नेछु। त्यो भूमिकामा म खरो उत्रिन्छु।’

पछिल्लो समय दुवै देशले सम्बन्ध प्रगाढ बनाएर लैजानुपर्ने गम्भिर महशुस गरेको उल्लेख गर्दै उनले भने, ‘हार्ने खेल खेलेर न भारतलाई फाइदा हुन्छ, न त नेपाललाई, त्यो कुराको महशुस अहिले दुवै देशले गरेका छन्।’

प्रकाशित: १५ कार्तिक २०७३ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App